‘हावा सरर…’ भन्दै गर्दा ‘आप्पा’मा यस्तो देखिए दया (भिडियो)

  • अनलाइन केन्द्र
  • / भिडियाे /
  • २०७५ पौष ९, सोमबार (६ साल अघि)
  • २९ पटक पढिएको
Post Thumbnail

पौष ९, काठमाडौं । ‘आप्पा’को पहिलो गीत सार्वजनिक गरिएको छ । रिलिज गरिएको ‘हावा सरर…’ बोलको गीतमा मुख्य पात्र दयाहाङ राईलाई नाच्दै र जिप चलाउँदै गरेको देख्न सकिन्छ। ।

गीतलाई नेपाल र इन्डियाको बोर्डर सन्दकफुमा छायाँकन गरिएको हो ।अनमोल गुरूङ् निर्देशित सिनेमा आगामी वर्ष जेठ २४ मा रिलिज हुँदैछ।

सार्वजनिक गीतमा निर्देशक गुरुङको संगीत, उमेश उपमाको शब्द रहेको छ भने स्वरमा थुप्देन भुटिया र स्नेहाश्री थापा छन्।

बाबु छोराको सम्बन्धको कथामा निर्माण भएको सिनेमा अनमोलको निर्देशकिय डेब्यु सिनेमा हो । अ माउन्टेन स्टोरीज प्रोडक्सन र सिनेमा आर्टको संयुक्त ब्यानरमा निर्माण भएको सिनेमाका कार्यकारी निर्माता हुन् ।

‘आप्पा’मा रुदेन सादा लेप्चाको लगानी रहेको छ ।

सिनेमामा दयाहाङ राई, सिद्धान्त राज तामाङ र अल्लोना काबो लेप्चाका अलवा बरिष्ठ निर्देशक तथा निर्माता तुलसी घिमिरे, अरुणा कार्की लगायतका कलाकारको समेत मुख्य भुमिका रहेको छ ।

‘आप्पा’मा निर्देशक गुरुङको कथा रहेको छ भने गुरूङले पटकथा तथा संवादका लागि उमेश उपमासँग सहकार्य गरेका छन्। त्यस्तै सिनेमामा शैलेन्द्र डि कार्कीको छायाँकन, अनमोल गुरुङ र शैकात देवको संगीत, निमेष श्रेष्ठको सम्पादन सिनेमामा रहेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस