यस्तो छ रुमालै छ चिनोको ट्रेलर (भिडियोसहित)

  • अनलाइन केन्द्र
  • / भिडियाे /
  • २०७५ पौष १२, बिहिबार (६ साल अघि)
  • ३० पटक पढिएको
Post Thumbnail

पौष १२, काठमाडौं । सामाजिक प्रेमकथानक फिल्म ‘रुमालै छ चिनो’को ट्रेलर सार्वजनिक गरिएको छ । लोकगायक रेशम थापाको चर्चित गीत रुमालै छ चिनोबाट नाम राखिएको फिल्मको निर्माता तथा कथाकार पनि उनै रेशम हुन् ।

दिनेशसिंह ठकुरीले निर्देशन गरेको फिल्ममा अभिनेता सुशान्त कार्की इन्डियन आर्मीको भूमिकामा छन् । फिल्ममा सुशान्तका साथमा किशोर खतिवडा, सञ्चिता लुइँटेल, मिथिला शर्मा, अप्साना थापा, लक्ष्मणविक्रम बस्नेत, सूरवीर पण्डित, रश्मी भट्टलगायत कलाकारले अभिनय गरेका छन् ।

ज्योति फिल्म्सको ब्यानरमा निर्माण गरिएको फिल्मको निर्मातामा चन्द्रबहादुर खड्का, दीपक ढकाल र राम पाण्डे छन् । फिल्म फागुन १० गते प्रदर्शन हुनेछ ।

ताजा अपडेट

खोजी गर्नुहोस