पौष १२, काठमाडौं । नेपली सुगम संगीतका चर्चित गायक, गजलकार राज सिग्देलको नयाँ गीत ‘अमृत’को म्युजिक भिडियो सार्वजनिक भएको छ।
हरि बस्ताकोटीको शब्द र हरि लम्सालको संगीत रहेको अमृतको म्युजिक भिडियोमा राज आफैँले अभिनय गरेका छन् भने उनलाई अभिनयमा अन्जु चौलागाईंले साथ दिएकी छिन्।
भिडियोमा उत्सव दाहालको सिनेमाटोग्राफी, विकास दाहालको सम्पादन र लोमस पौडेलको सहनिर्देशन रहेको छ। युवराज वाइबाको निर्देशन रहेको भिडियोमा मायामा धोका भएपछिको अवस्थालाई देखाउन खोजिएको छ।
करिब ३५० भन्दा गीत, गजलमा आवाज दिइसकेका नेपालकै चर्चित गजलकार सिग्देलको करिब १०० भन्दा बढी गीत गजलको भिडियोसमेत निर्माण भइसकेको छ। करिब ५ वर्षअघिको अत्याधिक हिट गजल ‘ऊ हारेर गइ वा जितेर गई’पछि उनका ‘च्वास्स बिझ्ने तिम्रो माया मार्दिम मार्दिम लाग्छ’ लगायत दर्जनौँ गीन तथा गजलहरू सर्वाधिक हिट छन्।