पौष १२, काठमाडौं । पार्श्व गायनमा निकै परिचित गायिका मनिषा पोखरेलको आवाजमा रहेको “निदरी ”बोलको गीत सावर्जनिक भएको छ ।
गीतमा प्रेममा शब्दलाई कुशल रुपमा समेटिएको छ । प्रेमका नविनतम भावहरुलाई कलात्मक ढंगबाट ब्यक्त गरिएको छ ।
उक्त गीतमा टिमाया राईको शब्द तथा ओम शंकर कर्माचार्यको संगीत रहेको छ ।
काजिश श्रेष्ठले निर्देशन गरेको भिडियोलाई अजय रेग्मीले छायाँकन गरेका हुन् भने दिपक विष्टले सम्पादन गरेका छन् ।
गीतको भाव अनुसारको अञ्जली अधिकारी र अर्जुन गौतमको अभिनय रहेको छ।