व्यस्त बन्दै नायिका सुमी : ‘जानी नजानी’को गितले युट्युवमा तहल्का पिट्दै !

  • अनलाइन केन्द्र
  • / भिडियाे /
  • २०७५ पौष १४, शनिबार (६ साल अघि)
  • ३० पटक पढिएको
Post Thumbnail

पुस १४,काठमाडौँ । चलचित्र ‘दुई रुपैया’ देखि सिनेमा संसारमा छिरेकी सुमी मोक्तान ‘झ्याँनकुटी’ फिल्मसंगै ‘जान नजानी’ फिल्मसम्म आईपुग्दा एउटा व्यस्त र सफल अभिनेत्रीको रुपमा स्थापित हुन खोजिरहेकी छिन । दर्जनौ म्युजिक भिडियामा अभिनय गरेकी उनै सुमी यतिबेला चर्चाको शिखरमा छिन । मिस तामाङ २०१२ की विजेता सुमी एकपछि अर्को चलचित्रमा व्यस्त हुन थालेकी हुन । मिस नेपाल २०१३ को टप ५ भित्र पर्न सफल सुमी नेपाली चलचित्र क्षेत्रमा उदाउदो नायिकाको रुपमा देखिन थालेकी छिन । काभ्रे पुर्खैउली घर रहेको सुमि अहिले काठमाडौलाई कर्मथलो बनाएर अघि बढ्दैछिन ।   मिस आईपीएस २००८ समेत भएकी उनले अहिले सम्म ४० भन्दाबढी म्युजिक भिडियो खेलिसकेकी छिन ।

चाँडै नै प्रदर्शनको तयारीमा रहेको ‘जान नजानी’ चलचित्रमा उनले गितमा अभिनय गरेकी छिन । केही समयमा नै उनि अभिनित एक्सन चलचित्र ‘सरौटो’ प्रदर्शनमा आउने तयारी रहेको छ । एक्सन मुभी ‘सरौटो’को लागी आफुले एक बर्षदेखि अभ्यास गरिरहेको सुमि बताउछिन । चलचित्रले युवा देखि बृद्ध सबैको मन जित्ने उनको विश्वास छ । खासगरी अहिलेको युवापुस्ता माझ रुचाइएकी सुमी दर्शकले चाहेको अभिनय गर्न सक्षम रहेको उनका म्युजिक भिडियो र पछिल्ला गतिविधि हेर्ने दर्शक बताउने गर्छन । चैत्र १ गतेबाट प्रदर्शनमा आउन लागेको ‘जानी नजानी’मा  रहेको गित  ‘एउटालाई मुटुमा घर’ले पछिल्लो समय युटुवमा तहल्का नै पिटिरहेको छ ।

एउटालाई मुटुमा घर अर्कोलाई कलेजीमा बोल रहेको गित यतिबेलासम्म झण्डै साँढे दुई लाखले हेरिसकेका छन । उनलाई चलचित्र क्षेत्रमा ट्यालेन्ट अभिनेत्रीको रुपमा पनि चिनिन थालेको छ । उच्च शिक्षा अमेरिकाबाट प्राप्त गरेकी उनले थाईल्याण्डबाट मास्टर डिग्री गरेकी छिन ।

उनले अनलाईन केन्द्रलाई भनिन्– ‘म फिल्म क्षेत्रमा केही नयाँ गर्नु पर्छ भन्ने सोचका साथ यस क्षेत्रमा प्रवेश गरेकी हुँ, र म आफ्नो पर्फमेन्स दर्शकले खोजेजस्तो दिन सक्छु । लामो अध्ययन र अभ्यासपछि मात्रै चलचित्र क्षेत्रमा लागेकोले यो क्षेत्रलाई अझै सफल र नेपाली चलचित्रमा गुणस्तर ल्याउन प्रयत्नशिल छु ।’ नायिका सुमीले भनिन–’म कुनै म्युजिक भिडियो अथवा चलचित्र जे भएपनि अन्य सामान्य अभिनेत्री भन्दा बढी पारिश्रमिक लिने गर्छु । मेरो माग अनुसार उहाँहरुले मलाई चित्त बुझाएपछि न मैले अरुमा भन्दा क्वालिटी दिने हो ।’

उनको मेहनत र चलचित्र प्रतिको लगाव यसैगरी रहिरह्यो भने नेपाली चलचित्र क्षेत्रमा उनको क्रेज अझै माथी रहनेमा दुई मत छैन । नेपाली चलचित्र क्षेत्रमा एकपछि अर्को गरी नयाँ–नयाँ स्वाद र विषयवस्तुमा रहेर चलचित्र बन्ने क्रम जारी छ । यसलाई जोगाईराख्न सुमीले आफुलाई अझै निखार्दे यो क्षेत्रमा योगदान गर्नेछिन भन्ने आम दर्शकको अपेक्षा छ ।

हेर्नुहोस् चलचित्र जान नजानीको गित एउटालाई मुटुमा घर….

ताजा अपडेट

खोजी गर्नुहोस