पौष १६, काठमाडौं । कुशल गायक भरत भट्ट ,विमला मगर र सवी सापकोटाको कणप्रिय आवाजमा नयाँ लोकदोहोरी गीत कमल फूल सार्वजनिक भएको छ ।
विद्या थामीको शब्दमा रहेको उक्त गीतमा सँगितकार राजकुमार बगरको सँगित रहेको छ भने भिडियो निर्देशन बुद्ध लामाको रहेको छ । त्यस्तै भिडियोमा छायांकन रामेश्वर जिरेलको, सम्पादनमा दिपेन्द्र भट्टको रहेको छ । पार्वती राई र लाल खपांगीलीले यसमा अभिनय गरेका छन् ।
म्युजिक नेपालको च्यानल मार्फत गीतको भिडियो सार्वजनिक गरिएको हो ।