पुस १९,सर्लाही । पल इन्टरटेन्मेन्ट प्रा.लि.ले मिस सर्लाहीको सिजन २ को पत्रकार सम्मेलनमा मिसेस नेपाल एण्ड मिसेस एसिया प्यासिफिक इन्टरनेशनल चन्दा थापालाई पहिलो पटक सर्लाही जिल्लाको युनाइटेट होटल लालबन्दीमा धुमधामले स्वागत र सम्मान गरेको छ ।
जिल्लामै पहिलो पटक महिलाहरुको बौद्धिकता, सुन्दरता, व्यक्तित्व विकास, आत्मनिर्भरता प्रस्फुटन गर्ने उद्देश्यले मिस सर्लाही आयोजना गरिएको थियो ।
सो कार्यलाई निरन्तरता दिदै पल इन्टरटेन्मेन्टले यस पटक पनि मिस सर्लाही जिल्लाकै उत्कृष्ट प्रोग्राम भएकोले लोप हुँदै गएको कला संस्कृतिलाई जगेर्ना गर्दै राष्ट्रिय कलाकार लगायत जिल्लाका महत्वपूर्ण व्यक्तिलाई सम्मान र कदर गर्ने सभ्व र भव्य तरिकाले कार्यक्रम सफल बनाउने कुरा मिस सर्लाहीका आयोजक अमित पौडेलले बताए ।
देशको मात्रै नभएर अन्तर्राष्ट्रिय स्तरमा देशकै नाम उच्च बनाउन सफल भएकी सर्लाही निवासी मिसेस नेपाल २०१८ की चन्दा थापा गिरीलाई फुलमाला र खादा ओढाएर सम्मान गरिएको थियो ।
पत्रकार सम्मेलनमा प्रदेश सभासद बेची लुङ्गेली, लालबन्दी नगरपालिकाका उपमेयर शान्ति लामा, समाजका वरिष्ठ व्यक्ति र मिस सर्लाही सिजन २ मा उपस्थित भएका सम्पूर्ण प्रतिस्पर्धीहरुसहभागी थिए ।
सम्मलेनमा मिसेस नेपाल चन्दा थापा गिरीले भने– मैले जे जति गरे मेरो जिल्लालाई मात्र नभएर देशकै नामको लागि गरे । अझै राम्रो मौका पाए समाज र देशको लागि केही गर्ने गिरीले बताए ।