‘माछी बस्ने’ गीतको म्युजिक भिडियो सार्वजनिक (भिडियोसहित)

  • अनलाइन केन्द्र
  • / भिडियाे /
  • २०७५ पौष २०, शुक्रबार (६ साल अघि)
  • १९ पटक पढिएको
Post Thumbnail

पौष २०, काठमाडौं । मिडिया टप नेपालको प्रस्तुतिमा गायक गोपाल तिवारीको ‘माछी बस्ने’ बोलको दोहोरी गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ।

रिपोर्टर्स क्लब नेपालमा मिडिया टप नेपालले आयोजना गरेको कार्यक्रममा राष्ट्रिय संगीतकर्मी संघका अध्यक्ष राजेन्द्र कुमार कार्कीले उक्त गीतको म्युजिक भिडियो विमोचन गरेका हुन्।

सार्वजनिक गीतको लय÷शब्द रचना माधव भण्डारीको रहेको छ। गीतमा गोपाल तिवारी र राधा तिवारीको आवाज छ।

राजेश तिमिल्सीनाको निर्देशन तथा प्रकाश धमलाको सम्पादन रहेको म्युजिक भिडियोमा मौसम हिमालीको कोरियोग्राफी रहेको छ। रामजी खाँड र करिश्मा ढकालको नृत्य देख्न सकिन्छ भने भिडियोका दृश्य करन चौसिरले क्यामरामा कैद गरेका हुन्।

हेरौं भिडियो

https://youtu.be/uqosRb7sr-I

ताजा अपडेट

खोजी गर्नुहोस