प्रियंका अर्पणकाे श्रीमति बन्ने

  • अनलाइन केन्द्र
  • / मनोरञ्जन /
  • २०७५ पौष २६, बिहिबार (६ साल अघि)
  • २३ पटक पढिएको
Post Thumbnail

पौष २६, काठमाडौं ।  चलचित्र ‘अनागत’को युनिटले राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै आउँदो ११ माघबाट यो फिल्म देशव्यापी रिलिजको घोषणा गरेको छ ।

पत्रकार भेटघाटका क्रममा निर्देशक साम्तेन भुटियाले मनोविज्ञानमा आधारित फिल्ममा एक परिवारको कथा देखाइएको बताए । ‘एक परिवारमा शंका उत्पन्न भएपछि आउने परिस्थितिलाई फिल्ममा देखाइएको हो । सिनेमाले परिवारको महŒवबारे दर्साउनेछ ।’

यो चलचित्रमा अर्पण थापा, प्रियंका कार्की, प्रविन खतिवडा, रोसिन सुवेदीलगायतको अभिनय रहेको पनि उनले बताए । फिल्ममा प्रियंका कार्की र अर्पण थापाले श्रीमान र श्रीमतीको भूमिका निर्वाह गरेका छन् ।

आफ्नो भूमिका बारे अभिनेत्री प्रियंकाले कार्यक्रममा भनिन्,

‘फिल्ममा यहाँहरूले मलाई एउटी कुशल श्रीमतीको भूमिकामा देख्नुहुनेछ । मैले फरक भूमिकाको लागि यस किसिमको रोल रुचाएकी थिएँ र त्यसपछि यस्तो भूमिका अरू फिल्ममा गर्न पाएको छैन ।’ फिल्मले नजिकबाट जीवनको यथार्थलाई देखाउने प्रयास गरेको पनि उनले बताइन् ।

एउटा कुशल श्रीमान्को परिवारमा कति जिम्मेवारी हुन्छ भन्नेबारे आफ्नो भूमिकाबाट दर्शकले बुझ्ने अभिनेता अर्पण थापाले सञ्चारकर्मीलाई बताए । फिल्मको कामबारे उनले भने, ‘मैले धेरै फिल्म गरिसकें तर यो फिल्म मेरो निकै नजिक रहेको फिल्म हो । यो चलचित्रको चरित्रबाट मलाई बाहिर निक्लन निकै समय लागेकाले मेरो लागि अनागत विशेष र महŒवको फिल्म हो ।’

‘सस्पेन्स थ्रिलर’ जनराको यो फिल्मलाई समीर उपाध्याय, चन्द्रकुमार झा, स्व. निलु डोमा शेर्पा र निर्देशक भुटिया स्वयंले निर्माण गरेका हुन् । फिल्ममा सिसन बानियाँको छायांकन रहेको छ । अनागतमा कथा चन्द्रकुमार झाको र पटकथा संवाद प्रवचन श्रेष्ठ तथा निर्देशक भुटियाको रहेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस