माघ ९,काठमाडौँ । शोभित बस्नेतको निर्देशनमा चलचित्र ‘बद्रीबहादुर’को निर्माण हुने भएको छ । यो चलचित्रको छायांकन माघको ११ गतेबाट सुरु हुनेछ । चलचित्रलाई संचारकर्मी रवि अधिकारीले निर्माण गर्न लागेका हुन् । ए बी पिक्चर्स फार्म र सलोन फिल्मस् ब्यानरको लगानीमा यो चलचित्र बन्दैछ ।
विजय गोपाल दलीको प्रस्तुतीमा तयार हुन लागेको चलचित्रका कार्यकारी निर्माता मिथुन भोटे हुन् । चलचित्रमा छुल्ठिम गुरुङ, जय किसन बस्नेत, धिरेन शाक्य, शोभित बस्नेत, लय संग्रौला, एलिना रायमाझी, उत्तम केसी, अन्जु केसी, बर्षा चौलागाई, पुरन थापा, राम गौतम, मनोज केसी, उजन नेम्वाङ, मंगल भोटेको अभिनय छ । चलचित्रमा राजिबजङ बस्नेत र एलिना गुरुङ नेपाली चलचित्र क्षेत्रमा प्रवेश गर्दैछन् ।
चलचित्रमा नायिका पूजा शर्मा र नायक सलोन बस्नेत एउटा गीतमा देखिनेछन् । चलचित्रमा टंक बुढाथोकी र उजन तेम्वाङको संगीत, रामकाजी घिमिरेको लेखन, शिव बीकको नृत्य निर्देशन, शंकर महर्जनको एक्सन छ । चलचित्रमा बिनोद सापकोटाले छायांकन तथा समिर मिया सम्पादन छन् ।
चलचित्रको लमजुङ, काठमाण्डौ, धरान र संखुवासभाको विभिन्न स्थानमा छायांकन गरिनेछ । कमेडी कथामा बन्ने चलचित्रलाई आउँदो बर्षको तीजमा रिलिज हुनेछ ।