‘पब्लिक स्पिकर नेपाल-२’ को विजेता बने रमेश प्रसाईं

  • अनलाइन केन्द्र
  • / मनोरञ्जन /
  • २०७५ माघ १३, आईतबार (६ साल अघि)
  • १२ पटक पढिएको
Post Thumbnail

माघ १३, काठमाडौं । अब बोल्छ नेपाल भन्ने मूल नाराका साथ सुरु भएको राष्ट्रव्यापी खुल्ला वक्तृत्वकला प्रतियोगिता पब्लिक स्पिकर नेपाल २ को बिजेता धरानका रमेश प्रसाईं बनेका छन् ।

शुक्रबार सम्पन्न ग्रान्ड फिनालेमा विजेता बनेसँगै उनले देशभरका करीब एक हजार एक सय युवालाई पछि पारे । ग्रान्ड फिनालेमा ६ जना युवाहरुले आफ्नो सशक्त प्रस्तुति प्रदर्शन गरेका थिए ।

देशका विभिन्न १२ स्थानबाट अडिसन सुरु गरिएको प्रतियोगिताको मुख्य प्रायोजक प्रान लिची ड्रिन्क्स रहेको थियो ।

अडिसन, क्वालिफाइङ्ग, क्वार्टर फाइनल र सेमिफाइनल चरणहरु पार गर्दै मकवानपुरकी दिपशिखा घिमिरे, काठमाडौंका प्रज्ववल विक्रम विष्ट, धरानका रमेश प्रसाईं, काठमाडौंका प्रनव काफ्ले र मोरङ्गकी मञ्जीता गुरुङ्गले निर्णायकहरु तथा मुख्य आयोजक समितिको निर्णयका आधारमा कार्यक्रमको अन्तिम प्रतिस्पर्धाका लागि स्थान सुरक्षित गरेका थिए ।

सेमिफाइनलबाट बाहिरिएकी काठमाडौंकी मानसी ठाकूरले भने पब्लिक भोटिङ्ग मार्फत पुनः प्रतियोगितामा प्रवेश पाएकी थिइन् ।

पब्लिक स्पिकर नेपाल २ का उत्कृष्ट ६ प्रतियोगीहरुले अन्तिम चरणमा दुई भिन्नभिन्न विषयमा आफ्नो वक्तव्य प्रस्तुत गरेका थिए। निकै प्रतिस्पर्धात्मक रहेको सो प्रतियोगीतामा अन्ततः धरानका रमेश प्रसाईंले बाजि मारे र पब्लिक स्पीकर नेपाल २ को विजेता घोषित भए । प्रतियोगीताको प्रमुख उपाधिको साथै पब्लिक स्पिकर नेपाल २ को पव्लिक च्वाइस अवार्ड विधाको विजेता समेत रमेश नै बने।

त्यसैगरी काठमाडौका प्रनव काफ्ले प्रथम उपविजेता र काठमाडौंकै मानसी ठाकूरले द्वीतिय उपविजेताको उपाधि जित्न सफल भए । ग्रान्ड फिनाले पश्चात सम्पन्न पुरस्कार वितरण कार्यक्रममा विजेता, प्रथम उपविजेता र द्वीतिय उपविजेतालाई क्रमशः नगद पुरस्कार स्वरुप तीन लाख रुपैयाँ, दुई लाख रुपैयाँ र एक लाख लाख रुपैयाँ बराबरको चेक हस्तान्तरण गरिएको थियो ।

कार्यक्रमका निर्माता तथा आयोजक एक्रेटिभ मिडियाका प्रमुख कार्यकारी अधिकृत हरि पोखरेलले महानायक राजेश हमाल, लैंङ्गिक तथा विकास विज्ञ सरु जोशी श्रेष्ठ, संविधानविद डा. भिमार्जुन आचार्य, एलसीसीआई नेपाल संस्थाका चिफ अपरेटिङ्ग अफिसर डा.रोशन राठीले कार्यक्रमको विभिन्न चरणमा निर्णायकको भूमिका निर्वाह गरेको जानकारी दिए। साथै, पब्लिक च्वाइस अवार्ड विधाका विजेताको निर्धारण भने जनताबाट प्राप्त मतको आधारमा गरिएको उनले बताए।

पोखरेलले कार्यक्रमलाई प्राप्त सहयोग, सुझाव र प्रतिक्रिया एकदमै महत्वपूर्ण रहेको बताउँदै पब्लिक स्पीकर नेपालको तेश्रो संस्करण अझ परिस्कृत बनाउने प्रतिबद्धता व्यक्त गरे । स्थानीय तहका मुद्दाहरुका विषयमा सम्वादका साथै समाधानका मार्गहरु पहिल्याउनका लागि पब्लिक स्पिकर नेपाललाई एक राष्ट्रिय स्तरको मञ्चको रुपमा विकास गर्दै लगिनेमा उनले जोड दिए।

ताजा अपडेट

खोजी गर्नुहोस