प्रताप दास र भावना आचार्यको स्वरमा पल र निशाको रोमान्स (हेर्नुहोस् भिडियो)

  • अनलाइन केन्द्र
  • / भिडियाे /
  • २०७५ माघ १४, सोमबार (६ साल अघि)
  • २२ पटक पढिएको
Post Thumbnail

माघ १४, काठमाडौं । गायिका भावना आचार्यले ‘मूलको पानी’ बोलको भिडियो सार्वजनिक गरेकी छिन्।

नेपाल आईडलबाट आएका प्रताप दास र भावना आर्चायको गायनमा रहेको ‘मुलको पानी’ बोलको गीति भिडियो सार्वजनिक भएको हो।

भिडियो बिहीबार हाइलाइट्स नेपालको युट्यूब च्यानलमार्फत दर्शकमाझ आएको हो ।

देवेन्द्र पाण्डेले निर्देशन गरेको भिडियोमा अभिनेता पल शाह, निशा पुरी र गायिका भावना स्वयम् फिचर छन्। दीपक शर्माको शब्द र संगीत रहेको गीतको भिडियो साहिल खानले सम्पादन गरेका हुन्।

यसअघिको आफ्नो गीत बग्ने खोला बगी गो चर्चित भएकाले यो गीतलाई बग्ने खोला–२ का रूपमा प्रस्तुत गरिएको भावनाले बताइन्।

हेर्नुहोस् भिडियो

ताजा अपडेट

खोजी गर्नुहोस