यस्ताे छ ‘दाल भात तरकारी’को पहिलो गीत (हेर्नुहाेस् भिडियाे)

  • अनलाइन केन्द्र
  • / भिडियाे /
  • २०७५ माघ १४, सोमबार (६ साल अघि)
  • २१ पटक पढिएको
Post Thumbnail

माघ १४, काठमाडौं । ‘दाल भात तरकारी’को पहिलो गीत सार्वजनिक गरिएको छ ।

शुक्रबार राजधानीमा एक कार्यक्रमकाबीच सिनेमाको ‘भिजिट भिषामा’ बोलको गीत सार्वजनिक गरिएको हो। गीतमा शम्भुजित बास्कोटाको संगीत रहेको छ भने निशान भट्टराई र अन्जु पन्तको स्वर रहेको छ । गीत हरिवंश आचार्यले लेखेका हुन्।

कविराज गहतराजको कोरियोग्राफी गरेको गीतमा हरिवंश आचार्य, निरिुता सिंह, बर्षा राउत, आँचल शर्मा, पुष्प खड्का र राजाराज पौडेलले नृत्य गरेका छन् ।

सुदन केसीको डेव्यु निर्देशन रहेको सिनेमामामा हरिवंश, निरुता, बर्षा, आँचल, पुष्प र राजारामको अलावा प्रियंका कार्की, शिवहरी पौडेल लगायतका कलाकारको अभिनय रहेको छ ।

सिनेमामा लगानीकर्ताको रुपमा रमिला आचार्य, नरेन्द्र कंसकार, शिवहरि पौडेल, यमन श्रेष्ठ रहेका छन् ।

सिनेमामा हरिवंशको कथा, पटकथा तथा संवाद रहेको छ भने दिर्घ गुरुङको छायांकन, मित्र डी गुरुङको सम्पादन रहेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस