कंगनाको फिल्म ‘मणिकणर्णिका’ तेस्रो दिनमै ४० करोडभन्दा बढीकाे व्यापार गर्न सफल

  • अनलाइन केन्द्र
  • / मनोरञ्जन /
  • २०७५ माघ १५, मंगलबार (६ साल अघि)
  • १५ पटक पढिएको
Post Thumbnail

माघ १५, काठमाडौं । अभिनेत्री कंगना रनौतको फिल्म ‘मणिकर्णिका’ जनवरी २५ मा प्रदर्शन भएसँगै दर्शक तथा फिल्म समीक्षकले प्रशंसा गरिरहेका छन् ।

चारैतिर कंगनाको अभिनयको चर्चा तथा वाहवाही भइरहेको छ । यससँगै यस फिल्मले पहिलो दिनमै १३ देखि १५ करोडको व्यापार गर्न सक्ने अनुमान लगाइएको थियो । तर यथार्थमा त्यसको ठिक उल्टो भयो । प्रदर्शनको पहिलो दिनमा ‘मणिकर्णिका’ ले जम्मा ८ करोड ७५ लाखको मात्र व्यापार गर्‍यो ।

तर ‘मणिकर्णिका’ ले प्रदर्शनको दोस्रो र तेस्रो दिन भने पहिलो दिनको तुलनामा दोब्बरभन्दा बढी ब्यापार गरेको छ । यस फिल्मले दोस्रो दिन शनिबार १८.१० करोड कमाएको छ भने तेस्रो दिन १५.७० करोडको ब्यापार गरेको छ ।

यस अनुसार फिल्म ‘मणिकर्णिका’ ले तेस्रो दिनसम्ममा ४२.५५ करोडको व्यापार गरिसकेको बुझिन्छ ।

 

फिल्म ‘मणिकर्णिका’ को कहानी झाँसीकी रानी लक्ष्मीबाईको जीवनीमा आधारित छ ।

फिल्ममा अभिनेत्री कंगना रनौतले रानी लक्ष्मीबाईको भूमिका निर्वाह गरेकी छिन् । फिल्मको निर्देशन स्वयं कंगना रनौत र क्रिशले गरेका हुन् । फिल्ममा कंगना रनौतसँगै अंकिता लोखण्डे, कुलभूषण खरबन्दा, डेनी डेन्जोगंपा, जिस्सूसेन गुप्ता लगायतको भूमिका रहेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस