माघ १५,काठमाडौँ । गित संगीतको क्षेत्रमा पछिल्लो समय निकै चर्चित मानिएका मोडल लोमश शर्माले ‘रास्टृय एपिक नेपाल म्युजिक अवार्ड २०७५” मा ढुङ्गाको मान्छे बोलको गित बाट बर्सको ‘सर्वोत्कृष्ट मोडल’ को अवार्ड जितेका छन ।
निकै चर्चामा रहेका मोडल लोमश शर्माको सफलता दिनानु दिन चुलिदै गएको छ । लुक्सवाईज हेर्ने हो भने म्युजिक छेत्रकै सबैभन्दा ह्यान्ड्सम मोडल लोमश नै हुन भन्दा फरक पर्दैन। साथै निकै मेहनतका साथ आफ्नो रोल निर्वाह गर्ने क्षमता भएका शर्माले भर्खर सम्पन्न राष्ट्रिय एपिक नेपाल म्युजिक अवार्डमा सर्बोत्कृष्ट मोडलको अवार्ड जित्न सफल भएका हुन्।
अवार्ड पाएकोमा खुशि हुुँदै दर्शक श्रोताहरुको माया रहेको बताउदै उनीहरुकै माया र साथले आज यो अवार्ड पाएको उनले बताए। अवार्ड पाएसँगै खुसि व्यक्त गर्दै शर्माले आफुलाई यो अवार्ड दिलाउन प्रत्यक्ष तथा अप्रत्यक्ष सहयोग गर्ने सबैलाई धन्यवाद व्यक्त गरेका छन् ।
साथै आवार्डले आफुलाई अझ राम्रा कामहरु गर्ने जिम्मेवारी थपेको समेत उनले बताएका छन् ।
उनले थुप्रै म्युजिक भिडियोमा अभिनय गरि लाखौ दर्शकहरुको मन जित्न सफल भईसकेका छन् ।
हाल उनी म्युजिक भिडियोमा नै ब्यस्त छ्न। अब चाडै दर्शकहरुले चलचित्रमा पनि देख्न सक्नुहुनेछ उनले बताए। सोझो तर चन्चले स्वभाव भएका उनले आगाामी दिनमा यस क्षेत्रलाई नै निरन्तरता दिने जानकारी गराए।