फागुन २०,ललितपुर । नेपाली चलचित्रका रसिला निर्देशक राजु गिरी र सदाबहार हास्य नायक जयकिशन बस्नेत एक चलचित्रमा जोडिने भएका छन । सोमबार ललितपुरका महालक्ष्मीस्थानमा चलचित्र मखमली मखमलीको शुभमुहुर्तपछि उनिहरु एकसाथ काम गर्न लागेका हुन ।
चलचित्रमा मुख्य भुमिका निर्वाह गर्ने बस्नेत,नायिका शुभेच्छा थापासंगै अन्य कलाकारहरुसहित शुभमुहुर्त गरिएको हो । राजु गिरी प्रोडक्सनको व्यानरमा चलचित्र ‘मखमली मखमली’को निर्माण गरिनेछ ।
निर्देशक गिरीले, यसअघि प्रदर्शनमा ल्याइएको चलचित्र मखमलीको भाग २ को रुपमा मखमली मखमली आउने अनलाईन केन्द्रलाई बताए ।
चलचित्रको छायाँङकन केहीदिन पछि गरिनेछ । चलचित्रमा जयकिशन बस्नेत, सुभेच्छा थापा, शारादा गिरी (काली बुढी), लक्ष्मण बस्नेत, सुदर्शन आचार्य, सावित्रा चिलुवाल लगायतको अभिनय रहने छ ।
सत्य घटनामा आधारित यो चलचित्रको प्रस्तुतिकर्ता भने सावित्री चिलवाल हुन् । चलचित्रमा बाबुल गिरीको सँगीत रहेको छ ।