फागुन २०,ललितपुर । कपोकल्पीत कथामा रहेर विभिन्न नेपाली चलचित्र बन्ने भएता पनि यथार्थमा निर्माण हुने चलचित्र कमै मात्र बन्ने गरेका छन । चलचित्रले समाजमा रहेका विभिन्न ठाँउमा लुकेका नराम्रा र राम्रा दुबै पक्षको प्रतिबिम्ब आउँछ । नेपाली परम्परा र संस्कृतिले भरिएका धेरै कथामा चलचित्र निर्माण भईसकेको अवस्थामा एउटै व्यक्तिको जीवनमा घटेका रोचक र शिक्षाप्रद भोगाइका विगतलाई नेपाली समाजमा चलचित्र मार्फत उतार्नु आफैंमा एक चुनौती हो । लगानीको जोखीम मोलेर पनि नेपाली निर्माताले चलचित्र निर्माण गरेर समाज बदल्न प्रयास गरीरहेको मुल्याङ्कन नभए पनि कर्म गर्न चलचित्रकर्मीले धर्म निभाई रहेका छन ।
परिबर्तित समाजको भीडमा आज एक यथार्थ कथामा आधारित चलचित्र मखमली–२, को घोषणा भएको छ । लम्जुङ्ग निवासी कलाकार सावित्रा चिलुवालको जीवन भोगाईको कथामा बन्न लागेको चलचित्र मखमली–२ को आज स्क्रिप्टको पुजा ललितपुरको महालक्ष्मीस्थान मन्दिरमा गरिएको छ ।
अनुवन्धित कलाकारहरु जय किसन वस्नेत, शुभेच्छा थापा, सुदर्शन आचार्य आदि लगायतको उपस्थिती रहेको उक्त अवसरमा निर्माता सावित्रा चिलुवाल र निर्देशक राजु गिरीले पुजा आरधना गरी चलचित्र मखमली–२ सके सम्म छिट्टै ने शुभ–मुहुर्त गरीने अठोट गरेका छन । काठमाण्डौ उपत्यका र आसपासमा छायाँकन हुने भनिएको यस मखमली–२ चलचित्रमा केही गित निर्मात्री सावित्रा चिलुवालको रहने छ ।
खारिएका कलाकारले आफ्नो भोगाईलाई यथार्थ रुपमा नै अभिनय गर्नेछन भन्ने कुरामा निर्मात्री सावित्रा चिलुवाल विश्वस्त रहेकी छिन । अति व्यस्त नायक जय किसन वस्नेत र नायीका शुभेच्छा थापाले मन पराएको कथा व्यस्त निर्देशक तथा कलाकार राजु गिरीको पटकथा र संवादमा तयार भएको छ ।
हँसाउने र पारिवारीक पीडाको भोगाई कस्तो सम्म हुन्छ भन्ने मार्मिक पाटोको चलचित्र बन्ने कुरामा हामी पनि प्रतिक्षारत रहने छौं । निर्माणको क्रममा रहेको चलचित्र मखमली–२ लाई शिघ्र काम सम्पन्न गरेर दर्शकको मन जित्न सकोस शुभकामना छ ।