खड्काको ‘आगो र पानी’ सार्वजनिक

  • अनलाइन केन्द्र
  • / भिडियाे /
  • २०७५ चैत्र २, शनिबार (६ साल अघि)
  • १७ पटक पढिएको
Post Thumbnail

चैत २, काठमाडौँ । गीतकार आर बी खड्काको शब्द, संकलन तथा कर्मा ग्याल्चेन बम्जनको स्वर रहेको ‘आगो र पानीबीचको नाता कसरी खोजौँ’ बोलको गीत सार्वजनिक भएको छ ।

गीतमा स्वरसँगै संगीत पनि बम्जनकै रहेको छ । गीतका साथै यसको म्युजिक भिडियो पनि यूट्यूबमार्फत सार्वजनिक गरिएको हो ।

गीतलाई कलात्मक ढंगले मनोज विष्टले भिडियो मार्फत बुझाउने कोशिस गरेका छन् । विष्टको निर्देशन रहेको म्युजिक भिडियोमा मोडल बिनु शाक्य, बिशाल थापा र प्रफुल्ल श्रेष्ठको अभिनयलाई कलात्मक ढंगले प्रस्तुत गरिएको छ ।

अमेरिकामा रहेका गीतकार खड्काले नेपाली गीतसंगीत क्षेत्रमा निरन्तर उत्कृष्ट गीतहरु पस्किरहेका छन् ।

टेकेन्द्र शाहले सम्पादन गरेको भिडियोको व्यवस्थापन सुवास प्रधानले गरेका हुन् ।

 

ताजा अपडेट

खोजी गर्नुहोस