चैत ५, काठमाडौँ । झरना थापा निर्देशित फिल्म ‘ए मेरो हजुर ३’को गीत ‘जिन्दगी नै भन्दिन’ युट्युब ट्रेण्डिगंको नम्बर एकमा पुग्न सफल भएको छ ।
आउँदो चैत्र २९ बाट प्रदर्शनमा आउने यस फिल्मको गीतमा झरना थापाकी छोरी सुहाना थापा र नायक अनमोल केसीको मुख्य अभिनय रहेको गीत यो समाचार तयार पार्दासम्म १२ लाख बढी दर्शकले हेरिसकेका छन् ।
गीतमा सुगम पोखरेल र प्रवीशा अधिकारीको आवाज रहेको छ । यस गीतमा एकनारायण भण्डारीको शब्द तथा आशिष अभिरलको संगीत छ ।फिल्म नायिका झरना थापाको निर्देशनमा बनेको हो ।
यस्तै फिल्ममा अनमोल र सुहानाका साथमा सलोन बस्नेत, अर्पण थापा, रबिन्द्र झालगायतका कलाकारहरुको पनि अभिनय रहनेछ ।यस फिल्मलाई रोशन श्रेष्ठले द्वन्द्व निर्देशन तथा सञ्जय लामाले छायांकन गरेका छन् । यस फिल्मलाई सुनिलकुमार थापाले निर्माण गर्नेछन् भने निर्देशक थापा र सुमन पौडेलको कथा रहेको छ ।