चैत १४, काठमाडौँ । गायक प्रदीप भट्टराईको ‘खाडी देशमा’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । गणेश चौधरीको एरेन्ज रहेको गीतमा संगीत प्रदीप स्वयंको रहेको छ ।
नारायणप्रसाद निरौला र प्रदीपकै शब्द रहेको गीतको भिडियोमा गौरव पहारी तथा शिल्पा पोखरेलको मुख्य भूमिका रहेको छ । भिडियोमा सुरवीर पण्डित, रमा थपलिया, साजन माझी तथा पूर्णिमा मगरको पनि अभिनय देख्न सकिन्छ ।
क्रान्ति केसीको निर्देशनमा बनेको म्युजिक भिडियोमा आर्थिक अवस्थाले पिरोलिएर विदेशिनु पर्ने लाखौँ नेपालीहरुको कथा समेटिएको छ ।