शिव परियारको ‘आँसुको अर्थ २’ बजारमा (हेर्नुहोस् भिडियो)

  • अनलाइन केन्द्र
  • / भिडियाे /
  • २०७५ चैत्र २५, सोमबार (६ साल अघि)
  • १९ पटक पढिएको
Post Thumbnail

चैत २५, काठमाडौँ । सर्वाधिक चर्चित एवम् सफल गायक शिव परियारको स्वरमा रहेको सुपरहिट गीत ‘आँशुको अर्थ’को भाग २मा समावेस ‘मेरो भागको खुशी’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

रवि अधिकारीको शब्द रचना तथा गायक शिव पारीयारको संगीत रहेको यस गीतमा एरेन्ज भने उदय राज पोडेलको रहेको छ । यस गीतको म्युजिक भिडियोलाइ गायक परियारले आफ्नै युट्युब मार्फत सार्वजनिक गरेका छन ।

आँशुको अर्थ’गीतलाई दर्शक तथा श्रोताहरुले निकै मन पराएपछि शिव परियारको स्वर तथा संगीतमा आँशुको अर्थ २ – ‘मेरो भागको खुशी’को भिडियो सार्वजनिक गरिएको हो ।

सार्वजनिक यस गीतको म्युजिक भिडियोमा नायक तथा मोडल सन्नी सिंह र ज्योत्सना योगीको अभिनय रहेको छ भने गीत र भिडियोले आफ्नो माया गर्ने व्यक्ति आफूबाट अलग रहेपनि खुसि रहोस र अझ आफ्नो भाग्यको खुसि पनि त्यी प्रेमीलाइ मिलोस भन्ने प्रेमिल भावलाइ प्रस्तुत गरिएको छ ।

निकेश खड्काले निर्देशन गरेको यस भिडियोलाइ बुद्ध थापाले छायांकन गरेका हुन् भने भिडियोमा बिकाश धमलाले सम्पादन गरेका छन् ।

हेर्नुहोस् भिडियो

ताजा अपडेट

खोजी गर्नुहोस