बलिउडमा बराबरी नभएको सोनमको गुनासो

  • अनलाइन केन्द्र
  • / मनोरञ्जन /
  • २०७६ बैशाख ३, मंगलबार (६ साल अघि)
  • १४ पटक पढिएको
Post Thumbnail

बैशाख ३, काठमाडौँ । अभिनेत्री सोनम कपुरले आफ्नो वैवाहिक जीवन निकै उल्लासयम रहेको बताएकी छिन् । उनी पति आनन्द आहुजाका साथ खिचिएका फोटा सोसयल मिडियामा सेयर गरिरहन्छिन् । हालै एक कार्यक्रममा सोनमले फिल्म उद्योग र पति आनन्दका बारेमा कुरा गरिन् ।

सोनमले महिला भएकै कारण अहिलेसम्म बलिउडमा आफूलाई बराबारीको दर्जा नमिलेको दुखेसो पोखिन् । उनले भनेकी छिन्, ‘म भन्न चाहन्छु कि तपाईं भलै महिला हुनुस्, तर कुनै कुरामा पनि सम्झौता नगर्नुस् ।’ उनले आफूलाई पति आनन्दको निकै सहयोग रहेको बताइन् । गत वर्ष सिख रीतिअनुसार सोनम र आनन्दले बिहे गरेका हुन् । बिहेलगत्तै सोनमले ‘सञ्जु’, ‘बिरे दी वेडिङ’ र ‘एक लड्कीको देखा तो ऐसा लगा’ फिल्ममा अभिनय गरिन् । एक लड्कीको देखा तो ऐसा लगामा सोनमले पहिलोपटक बाबु अनील कपुरसँग स्क्रिन सेयर गरेकी थिइन् ।

ताजा अपडेट

खोजी गर्नुहोस