हट नीताको ‘बोल्ड’ तस्वीर (फोटोफिचर)

  • अनलाइन केन्द्र
  • / मनोरञ्जन /
  • २०७६ बैशाख ९, सोमबार (५ साल अघि)
  • २२ पटक पढिएको
Post Thumbnail

बैशाख ९, काठमाडौँ । नीता ढुङ्गानालाई राम्रो अभिनय गर्ने नायिकाका रुपमा लिइन्छ । तर, चर्चाको हिसाबले नीता कमै चर्चामा आउँछिन् । पछिल्लो समय उनका फिल्म पनि रिलिज भएका छैनन् ।

अरु नायिकाहरु फिल्ममा जम्न नसके म्युजिक भिडियोमा भए पनि अभिनय गर्ने गरे पनि नीता भने म्युजिक भिडियोमा पनि खासै जम्न सकेकी छैनिन् ।

बरु पछिल्लो समय उनी अशोक शर्माले निर्माण गर्न लागेको फिल्म ‘रातो टीका निधारमा’ मा अभिनय गर्ने भएकी छिन् । यो फिल्म दशैँको अवसर पारेर रिलिज गर्ने तयारी भइरहेको छ ।

सामाजिक सञ्जालमा खासै उपस्थिति नदेखाउने नीताले इन्स्टाग्राममा भने तस्वीरहरु शेयर गर्ने गर्छिन् । नीताले सामाजिक सञ्जाल इन्स्टाग्राममा शेयर गरेका केही तस्वीर हामीले यहाँ राखेका छौँ । यी तस्वीरहरुलाई फ्यानले पनि रुचाएका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस