गायक तथा संगीतकार मदन दीपबिमको अमेरिकामा निधन

  • अनलाइन केन्द्र
  • / मनोरञ्जन /
  • २०७६ बैशाख १०, मंगलबार (५ साल अघि)
  • १५ पटक पढिएको
Post Thumbnail

बैशाख १०, काठमाडौँ । गायक तथा संगीतकार मदन दीपबिमको निधन भएको छ । उनको सोमबार राती हृदयघातका कारण अमेरिकाको सन फ्रान्सिस्कोमा निधन भएको हो । उनी छोरी ममतासँग बस्दै आएका थिए ।

गएको महिना हृदयघात भएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो । केही समय रेडियो नेपालमा समेत काम गरेका उनले गायिका शिवा बस्नेतसँग विवाह गरेका थिए ।

उनको के भूल भयो प्रिया मसँग बोल्दिनौ, झस्केर दुख्छ यो मुटु मेरो उनैको यादमालगायत धेरै गीत चर्चित छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस