प्रियंका कार्कीको अर्को तहल्काः बाहिरियो हट एन्ड आइटम डान्स

  • अनलाइन केन्द्र
  • / भिडियाे /
  • २०७६ बैशाख १३, शुक्रबार (५ साल अघि)
  • १९ पटक पढिएको
Post Thumbnail

बैशाख १३, काठमाडौँ । नायिका प्रियंका कार्कीले चलचित्रको एउटा नयाँ गीतमार्फत फेरि तहल्का पिटेकी छन् ।

चलचित्र ‘दाल भात तरकारी’को आइटम गीत ‘एन्टिबायोटिक खाउला’ बोलको युटुब मार्फत सार्वजनिक गरिएको गीतमा नायिका प्रियंकाको हट नृत्य देख्न सकिन्छ ।

हरिवंश आचार्यको शब्द, शम्भुजित बास्कोटाको संगीत, मिना निरौलाको स्वर रहेको यो उक्त गीतको म्युजिक भिडियोमा प्रियंकालाई बोल्ड देख्न सकिन्छ ।

चलचित्रमा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, निरुता सिंह, पुष्प खड्का, आँचल शर्मा, बर्षा राउत, किरण केसी लगायतका कलाकारलाई मुख्य भूमिकामा देख्न सकिन्छ ।

हरिवंश आचार्यले लेखेको यो चलचित्रलाई सुदन केसीले निर्देशन गरेका हुन् । यो चलचित्रमा कविराज गहतराजको कोरियोग्राफी छ ।

मह संचारको प्रस्तुतिमा तयार भएको चलचित्रलाई किरण केसीले निर्माण गरेका हुन् ।

ताजा अपडेट

खोजी गर्नुहोस