सानेको निर्देशनमा ‘मन्द–मन्द’

  • अनलाइन केन्द्र
  • / मनोरञ्जन /
  • २०७६ बैशाख १५, आईतबार (५ साल अघि)
  • १५ पटक पढिएको
Post Thumbnail

बैशाख १५, काठमाडौँ । राजबहादुर सानेको निर्देशनमा सस्पेन्स कथामा फिल्म ‘मन्द–मन्द’ निर्माण हुने भएको छ । निर्देशक सानेकै कथामा आधारित भएर बन्ने फिल्ममा विनय श्रेष्ठ, प्रमोद अग्रहरि र रविन्द्र झा अनुबन्धित भइसकेका छन् भने केही कलाकार छनोट कार्य हुँदैछ । फिल्मको छायांकन बैशाख तेस्रो साताबाट हुने बताइएको छ ।

रुद्राक्ष फिल्मस्को ब्यानरमा बन्ने फिल्मको कार्यकारी निर्मातामा रुद्र खनाल छन् । टेकराज रेग्मी र कमल गिरी निर्माता रहेको फिल्मको छायांकन काठमाडौं, नारायणघाट, बुटवल, कोहलपुर, सुर्खेत, कालिकोट, जुम्ला र मुगुमा हुने निर्देशक सेनले जानकारी दिए । दिब्यराज सुबेदीले फिल्म खिच्नेछन् ।

फिल्मका गीतको कोरियोग्राफर रामजी लामीछाने छन् । ‘मन्द–मन्द’ मा नेपाली समाजमा विद्यमान बेथितिको विषयलाई मनोरञ्जनात्मक तवरले प्रस्तुत गरिने निर्देशक साने बताउँछन् । यसअघि यो टाइटलमा अभिनेता पुष्प खड्का र शिल्पा पोखरेललाई लिएर निर्देशक नवल नेपाल फिल्म बनाउने तयारीमा थिए । तर, विभिन्न कारणले निर्माण हुन सकेन ।

ताजा अपडेट

खोजी गर्नुहोस