बलात्कारी बाबा ‘आशाराम बापू’ को बायोपिकमा आलिया र अनुष्का ?

  • अनलाइन केन्द्र
  • / मनोरञ्जन /
  • २०७६ बैशाख २०, शुक्रबार (५ साल अघि)
  • १५ पटक पढिएको
Post Thumbnail

बैशाख २०, काठमाडौँ । बलात्कारको अभियोगमा अदालतद्वारा दोषी ठहरिएका धर्मगुरु आशाराम बापूमाथि निर्माता सुनिल बोहराले फिल्म बनाउने सोच बनाएका छन् । उनले आशाराममाथि लेखिएको पुस्तक ‘गड अफ सिनः द कल्ट’, ‘क्लाउट’ र ‘डाउनफल अफ आशाराम बापू’ को राइट्स लिएका छन् । उनले फिल्ममा कलाकार कसलाई लिने भन्ने बारेमा पनि लेखकसँग छलफल गरे ।

भारतीय मिडियाका अनुसार आशारामको भूमिका कसले निभाउने भन्ने अझै पक्का नभए पनि उनलाई जेल पु–याउने महिला प्रहरी शोभा भुताडे र चञ्चल मिश्राको सट्टा कसलाई लिने भन्नेमा छलफल गरेका छन् ।

यी दुई महिला प्रहरीको भूमिकामा निर्माताले आलिया भट्ट र अनुष्का शर्मालाई लिने सोच बनाएको भारतीय मिडियाले दाबी गरेका छन् ।

तर, फिल्ममा कसलाई लिने भने अन्तिम निर्णय भने अझै नभएको बताइएको छ । सम्भव भएसम्म अनुष्का र आलियालाई यो फिल्ममा देख्न पाइने निर्माण टिमले आश राखेको छ ।

धर्मगुरु आशाराम बापू यतिबेला भारतमा जेल जीवन बिताइरहेका छन् । उनीमाथि फिल्म बन्ने खासखुस पहिलेदेखि नै चल्दै आएको छ । एजेन्सी

ताजा अपडेट

खोजी गर्नुहोस