४ करोडको धनी प्रियंका

  • अनलाइन केन्द्र
  • / मनोरञ्जन /
  • २०७६ जेष्ठ २, बिहिबार (५ साल अघि)
  • १४ पटक पढिएको
Post Thumbnail

जेठ २, काठमाडौँ । बलिउड र हलिउडमा राम्रै स्थान बनाएकी नायिका प्रियंका चोपडा सामाजिक संजालमा पनि उत्तिकै सफल रहेकि छन् ।

त्यसकारण प्रियंकाले आफ्नो इन्स्टाग्राममा ४ करोड फलोअर्स बनाउन सफल भएकि छिन् । बुधबार उनको इन्स्टामा ४ करोड फलोअर्स पुगेको छ । उनले ४ करोड फलोअर्स पुगेको अवसरमा सबै फलोअर्सलाई धन्यवाद भन्दै एक भिडियो पनि सार्वजनिक गरेकी छिन् । उनले सार्वजनिक गरेको भिडियोमा प्रियंकाको अनुहारमा निकै खुसी झल्किएको छ ।

उनले भिडियो सार्वजनिक गर्दै लेखेकी छिन्–‘मेरो इन्स्टा परिवारप्रति धेरै खुसी । तपाईहरु मेरो मनमा हुनुहुन्छ । मलाई माया दिनुभएकोमा र मेरो यात्रामा साथ दिनुभएकोमा यहाँहरुलाई धेरै धेरै धन्वाद । ४ करोडको धनी ।’

कुनै पनि सामाजिक संजालमा ४ करोड फलोअर्स पाउने प्रियंका पहिलो बलिउड कलाकार बनेकी छिन् । अरु कुनै पनि सेलिब्रिटीले ४ करोड फलोअर्स पाएका छैनन् । प्रियंकाको फलोअर्स देशमा मात्र नभएर विदेशमा पनि धेरै छन् । एजेन्सी

ताजा अपडेट

खोजी गर्नुहोस