जेष्ठ ९, काठमाडौँ । हास्य क्षेत्रमा छुट्टै नाम कमाउन सफल कलाकार राजु भुजेल (नरनाथ बाजे) को “गुलेली” भाग ५४ हास्य टेली श्रृङखला केहि समय अगाडि मात्रै युट्युव च्यानल ( Guleli Online TV) मार्फत सार्वजनिक भएको छ ।
गुलेली अनलाईन टि भि को प्रस्तुतीमा सार्वजनिक भएको उक्त टेलीश्रृंखला जय कुमार थापा निमार्ण सल्लाहकार रहेका छन र विशेष सल्लाहकार राज कार्की हुन् भने पटकथा सम्बाद नवराज उप्रेती ले लेखेका छन् भने सह-निर्देशन गणेश अछामी र कथा / निर्देशक राजु भुजेल (नरनाथ बाजे) ले गरेका हुन् भने युबराज खत्री को छायांकन तथा सम्पादन रहेको छ ।
चर्चित कलाकारहरू राजु भुजेल (नरनाथ बाजे), गणेश अछामी युबराज खत्री, सन्तोष मगर, अनु खड्का, माया ढकाल, सरु केसी, सन्जेश उप्रेती, दुर्गा बराईली, नबिन पुरी, बासु खरेल लगायतको अभिनय रहेको छ।
बिगत मा अरुको कम्पनी काम गरेका निर्देशक राजु भुजेलले हास्य श्रृङखला ‘गुलेली’ आफ्नै कम्पनी Guleli Online TV मार्फत यस अघि नै भाग ४८ सम्म सार्वजनिक गरिसकेका छन् समसामयिक तथा लोक कथा मा आधारित उक्त हास्य श्रृङखला लाई दर्शक ले मन पराउने कुरामा निर्देशक राजु ढुक्क छन् ।
भाग ५४ सम्म आई पुग्दा विविध कारणले हास्य श्रृङखला ‘गुलेली’ आउने बन्द हुने भैरहेको थियो अब भने दर्शक को माया, हौसला र प्रतिक्रिया अनुसार निरन्तर आउने निर्देशक ले बाचा पनि गरेका छ्न् ।
https://youtu.be/v0QDVUo1TyM