जेठ १०, काठमाडौँ । किन किन झरी पर्दा आधुनिक गीतबाट आफ्नो छवि बनाएका बर्दियाली गायक रोशन अधिकारी केही समयमै अन्य गीत बजारमा ल्याउने तयारीमा जुटेका छन् । सुमधुर स्वरका धनि गायक अधिकारी विभिन्न समस्याका बाबजुद पनि अन्य आधुनिक गीत बजारमा ल्याउने तयारीमा जुटेका हुन् ।
अछाममा जन्मि बर्दियालाई कर्मथलो बनाउदै आएका गायक अधिकारीले बर्दियाबाट काठमाडौं गएर गीत रेकर्डिङ अनि यसैसँग सम्बन्धि अन्य काम गर्दा धेरै समय लाग्ने भएकोले आर्थिक समस्याले सताउने गरेको बताए ।
आफू चर्चित गायक प्रमोद खरेल, शिव परियार जस्तै हाइ स्केलका गीतहरू गाउन सक्ने बताउदै गायक अधिकारीले भने यो बर्दियाबासीको लागि गौरवको कुरा भएको बताए। साथै गायक अधिकारीका फ्यानहरूले भने प्रमोद खरेल, शिव परियार भन्दा हाइ स्केलमा गायक अधिकारीले गीत गाउने विश्वास व्यक्त गर्छन् ।
चाडैं बजारमा आउने तयारीका रहेको रोशन अधिकारीको आवाजमा रहेको मलाई यस्तो सजाय किन तोक्यौ मायालु गीतमा कमल अधिकारीको संगीत, मदन आचार्यको शब्द रहेको छ भने यसलाई रक्षा म्युजिक प्रालिले बजारमा ल्याउन लागेको हो ।
बर्दिया तारामा फष्ट रनरअफ गायक अधिकारीको ‘किन किन झरी पर्दा भित्री मन रून थाल्छ’ हेर्नुहोस भिडियो।
https://youtu.be/UccumquMjPk