जेठ २६, काठमाडौँ । ठमेलस्थित ‘लर्ड अफ द ड्रिङ्स’मा शनिबार राति भारतीय गायिका नेहा कक्करको लाइभ शोमा तनाव भएपछि प्रहरीले आयोजकमध्येका तीन जनालाई पक्राउ गरेको छ । आयोजकले दर्शक बस्ने सिटभन्दा बढी टिकट बेचेपछि विवाद भएको थियो ।
कार्यक्रममा विवाद सृजना गराउने आयोजक दीपक घिमिरेलगायत तीन जनालाई पक्राउ गरिएको महानगरीय प्रहरी परीसर काठमाडौंका प्रवक्ता डिएपी होबिन्द्र बोगटीले बताए । नेहा कक्करको नेपालमा पहिलो प्रस्तुतिका हो ।