जेठ २७, काठमाडौँ । सांगीतिक कार्यक्रमका लागि भनी आएका ३ कलाकारसहित ३२ नेपालीलाई मेलेसियाली अध्यागमनले नियन्त्रणमा लिएको छ।
‘एसएओजी धमाका वान’ नामक कार्यक्रममा डाकिएका गायिकाद्वय श्रेया राई, सुनीता थेगिम र गायक सुजन आङ्देम्बेसहित स्थानीय नेपाली कलाकार आयोजक बिहीबार पक्राउ परेका हुन्।
उनीहरूमाथि अध्यागमन कानुन उल्लंघन गरेको आरोप छ। यो खबर आजको कान्तिपुरमा छापिएको छ।
कार्यक्रमस्थल क्वालालाम्पुरको कोताराय कम्प्लेक्सबाट पक्राउ गरिएका २० पुरुष र १२ महिलालाई पुत्राजयास्थित अध्यागमनको हिरासतमा राखिएको जानकारी आएको नेपलाी दूतावासले जनाएको छ।