जेठ २७, काठमाडौँ । सलमान खानको चलचित्र ‘भारत’ ले प्रदर्शनको पहिलो सप्ताहन्तमा सानदार कमाइ गरेको छ ।
सलमान खानसँगै कट्रिना केफको मुख्य भूमिका रहेको चलचित्रले १५० करोडमाथिको कमाइ गरिसकेको छ । चलचित्रमा सलमान खान पाँच फरकफरक अवतारमा देखिएका छन् ।
इदको अवसरमा गएको बुधबार प्रदर्शनमा आएको चलचित्रले पाँचौ दिन २७.९० करोड भारु कमाएको छ । जस अनुसार, चलचित्रले पहिलो सप्ताहन्तमा १५० दशमलव १० करोडको व्यापार गरिसकेको छ ।
चलचित्रमा सलमान खान र कट्रिना केफका साथै सुनील ग्रोवर, दिशा पटनी, तब्बु, नोरा फतेही, ज्याकी श्राफलगायतका कलाकारको अभिनय रहेको छ । ‘भारत’ कोरियन भाषको फिल्म ‘ओड टु माई फादर’ को हिन्दी रिमेक हो ।
भारतीय ट्रेड एनालिस्ट तरण आदर्शका अनुसार ‘भारत’ ले प्रदर्शनको पहिलो दिन बुधबार ४२.३० करोड, बिहीबार ३१ करोड, शुक्रबार २२.२० करोड, शनिबार २६.७० करोड, आइतबार २७.९० करोड अर्थात् जम्मा १५० दशमलव १० करोड भारुको गरिसकेको छ ।
#Bharat Wed 42.30 cr, Thu 31 cr, Fri 22.20 cr, Sat 26.70 cr, Sun 27.90 cr. Total: ₹ 150.10 cr. India biz… After a glorious start, #Bharat needs to score on weekdays… Mon-Thu biz will give an idea of lifetime biz… Will emerge second highest grosser of 2019 today [Day 6].
— taran adarsh (@taran_adarsh) June 10, 2019
चलचित्रमा सलमान खान ‘भारत’ नाम गरेका एक युवा अवस्थाको व्यक्तिदेखि ७० वर्षीय वृद्धसम्मको पाँचवटा भिन्न भिन्न अवतारमा देखिएका छन् ।
सन् १९४७ मा भारत र पाकिस्तान छुट्टिने बेलाको त्रासदीपूर्ण समयको भागदौडमा आफ्ना बुबा र सानी बहिनी गुमाएका ‘भारत’ ले आफ्ना परिवारका जिम्मेवारी कसरी उठाउँछन् र हराएका बुवा र बहिनीको खोजी गर्दाको संघर्षलाई चलचित्रमा चित्रण गरिएको छ ।