असार ३, काठमाडौँ । बलिउडकी चर्चित कलाकार नोरा फतेहीले बैंककमा कपडा बेचेको भिडियो भाइरल भएको छ।
भिडियोमा भुँइमै बसेकी उनले ग्रहकसँग मेलमोलाइ गर्दै कपडा देखाइरहेकी छन्।
हालै प्रदर्शित सलमान खानको फिल्म ‘भारत’ मा अभिनेत्री रहेकी नोरा अमेरिकी केटीको भूमिकामा देखिएकी छन्।
नोरा यस अघि दिलबर दिलबर को शीर्ष गीतको अभिनयबाट पनि चर्चित छिन्। युट्युबमा यो गीत १२ करोडभन्दा बढीले हेरिसकेका छन्।
नोरालाई फिल्म बाहुबलीले पनि प्रसिद्धिको उचाइमा पुर्याएको छ।