मल्लिका बनिन् नेपाल्स स्टार

  • अनलाइन केन्द्र
  • / मनोरञ्जन /
  • २०७६ अषाढ २१, शनिबार (५ साल अघि)
  • १७ पटक पढिएको
Post Thumbnail

असार २१, काठमाडौँ । ‘नेपाल्स स्टार मोडल २०१९’को ताज मल्लिका बुढाथोकीले जितिनन् । बुढाथोकी १५ प्रतियोगीलाई उछिन्दै मोस्ट ब्युटिफुल उपाधिसमेत हात पारिन् । राष्ट्रिय नाचघरमा आयोजित अन्तिम प्रतिस्पर्धामा सिर्जना मैनाली फस्टरनर अप र सुभाष तामाङ सेकेन्ड रनर अप बनेका छन् । मैनालीले बेस्ट वाक, मोस्ट फ्रेन्ड्लीको उपाधि पनि हात पारेकी छिन् । प्रतियोगितामा पर्दा तामाङले मोस्ट कन्फिडेन्ट उपाधि हात पारेकी छिन् ।

सिद्धि मिडियाले आयोजना गरेको प्रतियोगितामा सागर श्रेष्ठले मल्टिमिडिया च्वाइससहित चारवटा उपाधि हात पारे । पूर्वप्रधानसेनापति रुकमाङ्गद कटुवाल मुख्य अतिथि रहेको कार्यक्रममा अभिनेत्री सञ्चिता लुइटेल, समाजसेवी कृष्ण देवकोटा, नेपाल्स् चब्बी मोडलको फस्टरनरअप मिनु तामाङलगायत निर्णायकमा थिए ।

१६ देखि ४० वर्षसम्मका विवाहित, अविवाहित, विद्यार्थी, गृहणी, कामकाजी व्यक्ति, शिक्षक, कर्मचारी, व्यवसायीलगायत सबैको व्यक्तित्व विकासका लागि प्लेटफर्म दिने उद्देश्यले प्रतियोगिता आयोजना हुँदै आएको आयोजक सिद्धि मिडियाका प्रबन्ध निर्देशक अमित शाहले बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस