असार २४,काठमाडौँ । राजु गिरी निर्देशित चलचित्र मखमली मखमली भाद्र १३ गते देशैभर प्रदर्शनमा आउने भएको छ । चलचित्रले प्रदर्शनमा आउने मितिसहित ब्यानर सार्वजनिक गरेको हो । सत्य घटनामा आधारित यो चलचित्रको निर्देशन राजु गिरीले गरेका हुन ।
चलचित्रमा जयकिशन बस्नेत, सुभेच्छा थापा, शारादा गिरी (काली बुढी), लक्ष्मण बस्नेत, सावित्रा चिलुवाल, शुदर्सन आचार्य लगायतको अभिनय रहने छ । चलचित्रमा बाबुल गिरीको सँगीत रहेको छ भने सावित्री चिलुवालको प्रस्तुतिकर्ता रहेको छ ।