निर्माता ओझा र नायिका पोखरेलबीच सहमति

  • अनलाइन केन्द्र
  • / मनोरञ्जन /
  • २०७६ अषाढ २६, बिहिबार (५ साल अघि)
  • १५ पटक पढिएको
Post Thumbnail

असार २६, काठमाडौँ । चलचित्र निर्माता छवि ओझा र नायिका शिल्पा पोखरेलले शान्ति–सुरक्षामा आँच आउने गरी कुनैपनि गतिविधि नगर्ने सहमति गरेका छन् ।

नायिका पोखरेलले श्रीमान्बाट असुरक्षा भएको भन्दै प्रहरीमा उजुरी दिएकाले बिहीबार काठमाडौंस्थित महानगरीय प्रहरी परिसरमा भएको छलफलमा यस्तो सहमति भएको हो ।

परिसरका प्रवक्ता होविन्द्र बोगटीले आपसी शान्ति–सुरक्षामा आँच आउने हिसाबले दुवै पक्षबाट कुनैपनि गतिविधि नगर्ने र यदि त्यस्तो घटना हुन पुगे कानुनीरुपमा मुद्दा अगाडि बढाइने सहमति भएको जानकारी दिए ।

सहमतिपछि परिसरमा पत्रकारसँग कुरा गर्दै नायिका पोखरेलले भनिन्–‘मलाई जे पर्‍यो, त्यो मैले भोगें । यदि, कसैले त्यस्तै पीडा भोगिरहनुभएको छ भने तपाइँ पनि नडराइकन आउनोस् भन्छु ।’

पोखरेलले उक्त घटनामा निर्माता ओझाले क्षमा मागेको बताइन् ।

चलचित्र निर्माता ओझाले सामान्य घर–झगडा प्रहरीमा आउनुपर्नेखालको नभएपनि यसमा मेलमिलाप भइसकेकोे जानकारी दिए ।

‘लज्जा’ चलचित्रबाट पोखरेललाई ओझाले नै चलचित्रको नायिकामा ल्याएका थिए ।

अभिनेत्री रेखा थापासँग सम्बन्धविच्छेदपछि ओझाले पोखरेलसँग विवाह गरेका हुन् । रासस

ताजा अपडेट

खोजी गर्नुहोस