‘सुकुटी साँध न साहुनी’ (भिडियो)

  • अनलाइन केन्द्र
  • / भिडियाे /
  • २०७६ अषाढ २८, शनिबार (५ साल अघि)
  • २२ पटक पढिएको
Post Thumbnail

काठमाडौँ । चलचत्रि हजार जुनी सम्मको आइटम गीत ‘सुकुटी साँध न साहुनी’ सार्वजनिक भएको छ ।

प्रल्हाद तिमल्सीना र मिना निरौलाको स्वरमा रहेको लोक शैलीको गीतमा दिपाश्री निरौला, हास्य कलाकार शिवहरी पौडेल, नायक आर्यन सिग्देल र नव नायक अखिलेश प्रधान फिचर्ड छन् । गीतमा बसन्त सापकोटाले संगीत दिएका छन् ।

चलचित्र ‘हजार जुनी सम्म’मा आर्यन सिग्देल, प्रियंका कार्की, संचिता लुईंटेल, शिवहरी पौडेल, स्वस्तिमा खड्का, सलोन बस्नेत, अखिलेस प्रधान, अनुभव रेग्मी लगायतका कलाकारहरुको अभिनय छ । चलचित्रको प्रदर्शन मिति ६ भाद्रलाई तोकिएको छ ।

चलचित्रको कथा विशाल चाम्लिङ्गले लेखेका हुन् । निर्देशक आचार्य र सामिप्यराज तिमल्सीनाले मिलेर पटकथा तथा संवाद तयार पारेका हुन् । त्यसैगरी चलचित्रलाई पुरुषोत्तम प्रधानले खिचेका छन् । कविराज गहतराको कोरियोग्राफी रहेको यस चलचित्रमा उदयराज सोताङ्ग, राजनराज सिवाकोटी, बसन्त सापकोटा र प्रविन पौडेलको संगीत छ भने अर्जुन जिसीको सम्पादन छ ।

ताजा अपडेट

खोजी गर्नुहोस