साउन १, काठमाडौँ । हलिउड गायिका टेलर स्विफ्ट संसारकै सबैभन्दा धेरै कमाउने सेलिब्रेटी साबित भएकी छन्।
फोर्ब्सले जारी गरेको यस वर्ष विश्वकै धेरै कमाउने सेलिब्रेटीको सूचीमा उनी शीर्षस्थानमा परेकी हुन्।
२९ वर्षीया टेलरले सन् २०१८ को सुरुदेखि २०१८ को बीचमा १ सय ८५ मिलियन डलर कमाइ गरेकी छन्।
फोर्ब्सले सार्वजनिक गरेको रिपोर्टअनुसार २०१८ मा गरेको रेप्युटेसन स्टेडियम टुरबाट आर्जन गरेको सम्पत्तिका कारण उनी पहिलो स्थान हासिल गर्न सफल भएकी हुन्।
उक्त टुरलाई फोर्ब्सले अमेरिकाको इतिहासमा सबैभन्दा धेरै कमाइ गर्ने भ्रमणको संज्ञा दिएको छ।
गत वर्ष यो सूचीको पहिलो नम्बरमा रहेकी मोडल काइली जेनर भने यो वर्ष दोस्रो नम्बरमा झरेकी छन्।