साउन ५, काठमाडौँ । ऋतिक रोशन र मृणाल ठाकुर अभिनीत फिल्म ‘सुपर–३०’ले एक सातामै ७५ करोडभन्दा बढी आम्दानी गरेको छ । बलिउड बक्स अफिसमा सुपर ३० को प्रदर्शन निकै लोभलाग्दो भएको भारतीय मिडियाहरूले उल्लेख गरेका छन् ।
सिनेमा घरसम्म पुगेर फिल्म हेर्नेहरूको मौखिक प्रचारले पनि फिल्मको व्यापार झन् उच्च भएको बताइएको छ । बिहीबार एकै दिन फिल्मले ६ करोड आम्दानी गरेको छ । प्रदर्शनको पहिलो दिन अर्थात् गत शुक्रबार फिल्मले एकै दिन ११ दशमलव ८३ करोडको व्यापार गरेको थियो । साहिद कपुर र कियारा आडावाणी अभिनीत फिल्म ‘कबिर सिंह’ले २८ दिनमा २६६ करोड आम्दानी गरेको हिसाबले हेर्दा सुपर–३० ले उक्त आँकडा छुने विश्वास गरिएको छ ।
तर, शुक्रबारदेखि प्रदर्शनमा आएको ‘द लायन किङले भने असर पार्न सक्ने अनुमान पनि गरिएको छ । एजेन्सी