केकीले यसरी देखाइन् अपरिपक्वताको लक्षण

  • अनलाइन केन्द्र
  • / मनोरञ्जन /
  • २०७६ श्रावण १५, बुधबार (५ साल अघि)
  • १७ पटक पढिएको
Post Thumbnail

साउन १५, काठमाडौँ । केही समयअघि नायिका केकी अधिकारीले गरेको एउटा फेसबुक पोस्ट भाइरल भयो।

‘उनी रोइन’ शीर्षकमा लेखिएको उनको लामो स्टाटसले राम्रो प्रशंसा पायो।

घरेलु हिंसालाई केन्द्रमा राखेर लेखेको स्टाटसको अन्त्यमा केकीले लेखेकी थिइन्, ‘तपाईं–हामीबीच भएका सबै ‘उनी’हरुलाई घरेलु हिंसाविरुद्ध बोल्ने साहस मिलोस्। साहसी सबैलाई न्याय मिलोस्।’

उनको यो स्टाटस छवि–शिल्पा काण्डप्रति लक्षित थियो।
महिलाको पक्षमा केकीले उठाएका आवाजले राम्रो समर्थन पाइरहेको थियो। महिला हिंसामाथि उनको बोली उँचो थियो।

तर, उनै केकीले एउटा गीत फेसबुकमा सेयर गरिन्। जुन गीतले महिलालाई मजाक बनाएको छ।

गीतको बोल नै छ, ‘घाँटीभन्दा तल त राम्री छे।’ आर्जन पाण्डेले गाएको यो गीतमा मोडलिङ रिमा विश्वकर्माले गरेकी छिन्।

केकीले गीतलाई बधाइ दिँदै गीतको लिंक सेयर गरेकी छिन्।

महिलाको विषयमा बोल्दै आएकी केकीले महिलालाई नै उडाएको गीत सेयर गर्नुलाई धेरैले उनको अपरिपक्वता मानेका छन्।

ताजा अपडेट

खोजी गर्नुहोस