धादिङका विनोद कोइरालाको कमेडी गीत ‘ए सासू’ (भिडियो सहित)

  • अनलाइन केन्द्र
  • / मनोरञ्जन /
  • २०७६ श्रावण १५, बुधबार (५ साल अघि)
  • ४३ पटक पढिएको
Post Thumbnail

साउन १५,काठमाडौँ । नेपाली सांगीतिक क्षेत्रमा अलग पहिचान खोजिरहेका स्रष्टा विनोद कोइरालाको नयाँ लोक कमेडी गीत ‘ए सासू दुनामा मासु ‘‘ ’ सार्वजनिक भएको हो । म्युजिक नेपाल मार्फत कोइरालाले उक्त गीत सार्वजनिक गरेका हुन् ।

एक दशक अघिदेखि नै गीतिलेखनमा सक्रिय रहँदै आएका कोइराला पेशाले शिक्षण गर्छन् । फुर्सदका समयमा उनी कथा, कविता, गीत लगायतका साहित्य सिर्जनामा सक्रिय हुँदै आएका छन् । भर्खरै बजारमा आइपुगेको उपर्युक्त गीत उनको सांगीतिक क्षेत्रको पहिलो पाइला हो, जसलाई दर्शक स्रोताले राम्रो रुचाएको देखिन्छ ।

साहित्य सिर्जनाभित्र शब्दमा पोखिँदै आएका उनले आफ्नै शब्दमा स्वर पनि थपेका हुन् । गीतले लेक, बेँसी, पाखा, पखेरा मिलेर बनेको हाम्रो प्रकृतिको सुन्दर उपहार नेपालका ग्रामीण बिम्बहरूलाई टपक्क टिपेको छ । झट्ट सुन्दा कमेडी शैलीमा पोखिएका शब्दहरू सुन्दै जाँदा मुर्त र सन्देशमूलक लाग्न थाल्छन् । जहाँ सर्वसाधारणदेखि उच्च ओहोदामा भएका व्यक्ति समेतलाई व्यङ्ग्यको निशाना बनाइएको छ ।

शब्द, स्वर र संगीत कोइरालाकै रहेको उक्त गीतका एरेञ्जर संगीतकार कमल गुरुङ हुन् । गीतको भिडियोमा बिम्लि, ऋषि, आयुषा र नारायणको फिचरिङ रहेको छ । मिलन बिकले सम्पादन गरेको भिडियोलाई रक कौशलले खिचेका हुन् । भिडियोलाई ऋषि खड्काले निर्देशन गरेका छन् ।

कवि रामशरण खड्काको जीवनी, व्यक्तित्व र कृतित्वमा शोध गरी त्रिविविबाट नेपाली विषयमा स्नातकोत्तर गरेका स्रष्टा कोइराला धादिङ जिल्लाको मुरली भञ्ज्याङ (हाल नीलकण्ठ नगरपालिका) मा २०३९ साल मङ्सिर १५ मा जन्मेका हुन् । राजधानीको कलङ्की एड मार्क कलेजमा साहित्यको अध्यापकको रुपमा रहेका उनी बिगत दुई दशकदेखि काठमाडौँलाई कर्मथलो बनाउँदै आफ्नो सिर्जनाकर्ममा सक्रिय रहँदै आएका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस