बेबीको तीज गीत ‘बरगर पिज्जा’ सार्वजनिक

  • अनलाइन केन्द्र
  • / मनोरञ्जन /
  • २०७६ श्रावण १९, आईतबार (५ साल अघि)
  • १४ पटक पढिएको
Post Thumbnail

साउन १९, काठमाडौँ । गायिका मिना निरौला र मञ्जु पौडेलले स्वर रहेको तीज गीत ‘बर्गर पिज्जा’को भिडियो सार्वजनिक भएको छ ।

गीतमा जेवी घले (सम्योगी)को शब्दमा बाबुल गिरीको संगीत रहेको छ । भिडियोमा कलाकार उमा वेवी गिरी र रोमा गिरीको अभिनय रहेको छ ।

भिडियोमा गायिका द्वय मंजु र मिना समेतलाई फिचर गरिएको छ । उमा वेवी निर्माता रहेको उक्त भिडियोमा शिव ढकालको छायांकन, तारा प्रकाश (किम्भे)को सम्पादन रहेको छ भने कोरियोग्राफी तथा निर्देशन कमल राईले गरेका हुन् ।

ताजा अपडेट

खोजी गर्नुहोस