साउन १९, काठमाडौँ । गायक तथा संगितकार टंक बुढाथोकी र गायिका मेलिना राईको आवाजमा ‘कसरी कसरी २’गीत सार्वजनिक भएको छ ।
टंककै शब्द तथा संगीत रहेको भिडियोमा टंक र मेलिनासँगै एआर बुढाथोकी, आयुष गुरागाईं, दिपा श्रेष्ठ, दमन्ता, सुनिल क्षेत्रीको अभिनय रहेको छ ।
भिडियोलाई कविराज गहतराजको निर्देशन गरेका छन् । भिडियोमा दीपक राज सुनारको कोरियोग्राफी, सन्देश शाहको सम्पादन रहेको छ । गीतलाई करण सिंहले निर्माण गरेका हुन् ।