साउन २०, काठमाडौँ । अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहको बिकिनी तस्बिरको चर्चा सेलाउन नपाउँदै अभिनेत्री सुष्मा कार्की पनि त्यस्तै पहिरनमा प्रस्तुत भएर चर्चामा आएकी छन्।
शुष्मा आफैंले ग्ल्यामरस स्विमिङ कस्टुम लगाएको तस्बिर फेसबुकमा अपलोड गरेपछि केही अनलाइनमा ती तस्बिरसहित समाचार प्रकाशित भए।
तस्बिर प्रकाशन भएलगत्तै नकारात्मक चर्चा चल्न थालेपछि सुष्माले फेसबुकबाट आफ्नो आक्रोश पोखेकी छन्।
सुष्माको भनाइ छ- ‘स्विमिङ पुलमा कुर्ता लगाएर स्विम गर्नु पर्ला अब।’ उनको आक्रोश यतिमै सीमित छैन। याे खबर अाजकाे साप्ताहिकमा छापिएकाे छ।
कार्कीले थपेकी छन्– काम नपाएकाहरू पैसा कमाउन अरूको फेसबुकबाट फोटो तान्दै न्युज बनाउने…..भिखारीहरू अर्काको फोटा युज गरेर पैसा कमाऊ…।’
उक्त स्टाटस लेखेको केही समयपछि नै उनले स्विमिङ कस्टुमकै अर्काे तस्बिर सार्वजनिक गर्दै लेखिन्– यो पिक्चर पनि अब भाइरल।’
सुष्माको पछिल्लो स्टाटस हेरेपछि के अनुमान लगाउन सकिन्छ भने उनले अनलाइन तथा युट्युब च्यानलहरूलाई चिढाउनैका लागि त्यस्ता तस्बिर अपलोड गरेकी हुन्।