साउन २९, काठमाडौँ । सञ्चारमाध्यमहरूका अनुसार ‘द कपिल शर्मा सो’ कमेडियन कपिल शर्माले प्रतिएपिसोड कम्तीमा १५ लाख भारतीय रुपैयाँ बुझ्छन्।
तर कुनै समय यस्तो पनि थियो, जतिबेला कपिलले महिनाभरि काम गरेर १५ सय भारु लिन्थे।
उनले ‘द कपिल शर्मा सो’मै यसको खुलासा गरेका हुन्। कार्यक्रममा आफ्नो फिल्म प्रमोसनका लागि सोनाक्षी सिन्हा र बादशाह पुगेका थिए।
उनीहरूसँग कपिलले प्रिन्टिङ मिलमा काम गर्दाको अनुभव साटेका हुन्।
कपिलले आफ्नो जागिरको सुरुवात कपडा छपाइ हुने मिलबाट गरेका थिए। उनको पहिलो तलब १५ सय रुपैयाँ थियो।