भाद्र १, काठमाडौँ । गायिका सुमिता राईले गीति एल्बम ‘सुगन’ सार्वजनिक गरेकी छन् ।
एल्बममा ६ वटा गीत छन् । लेखक प्रकाश सायमी, संगीतकार शिलाबहादुर मोक्तान, गायिका कुन्ती मोक्तान, गीतकार सुभाषचन्द्र ढुंगेल, तुलसी बस्नेतलगायतले शनिबार काठमाडौंमा एल्बम विमोचन गरे ।
खरुन राईको प्रस्तुति रहेको एल्बममा मुकेश राईका तीन, प्रतीक चाम्लिङ, निर्मला राई ‘परिवेश’ र कुमार ‘विवाहित’का एक÷एकवटा गीत समेटिएका छन् । यी गीतमा शिलाबहादुर मोक्तान, पुजन लुहागुन, विक्रम राई, मन थुलुङ र कुमार विवाहितले संगीत भरेका छन् । दुई गीतको भिडियो तयार पारेको जनाइएको छ ।
विमोचनका अवसरमा ‘हरेक साँझ तिम्रो याद’ बोल गीतको भिडियो सार्वजनिक गरिएको थियो । गोविन्द राईले निर्देशन गरेको भिडियोमा गायिका राईलगायतले अभिनय गरेका छन् ।