‘हजार जुनीसम्म’ ‘सत्य सत्य’

  • अनलाइन केन्द्र
  • / मनोरञ्जन /
  • २०७६ भाद्र ३, मंगलबार (५ साल अघि)
  • १४ पटक पढिएको
Post Thumbnail

भाद्र ३, काठमाडौँ । जनै पूर्णिमाको अवसर पारेर प्रदर्शनमा आएको फिल्म ‘हजार जुनीसम्म’ नयाँ गीत सार्वजनिक भएको छ। सार्वजनिक गीत ‘सत्य सत्य’ मा दर्शकले आर्यन सिग्देल र प्रियंका कार्कीलाई देख्न सक्छन्। यसअघि पब्लिसिटीबाट लुकाइएकी प्रियंकालाई निर्माण पक्षले यो गीतबाट बाहिर ल्याएको छ। फिल्ममा प्रियंका महत्त्वपूर्ण भूमिकामा छिन्।

गीतमा मानस थापाको शब्द, प्रवीण पौडेलको संगीत र सुगम पोखरेलको स्वर छ। सार्वजनिक गीतलाई सिक्किमकै हिमाली भेगमा छायांकन गरिएको छ। गीतमा आर्यन र प्रियंका रोमान्टिक देखिएका छन्। गीतमा यी दुईको केमेस्ट्रीसँगै ग्लामर पनि देखाइएको छ।

प्रदर्शनरत फिल्ममा दर्शकले आर्यन सिग्देलको कामलाई निकै रुचाएका छन्। स्वस्तिमा खड्का र सलोन बस्नेतले पनि दर्शकलाई बाँधेर राख्छन्। नाइँ नभन्नु ल सिरिजका निर्देशक विकासराज आचार्यको निर्देशनमा तयार फिल्मलाई प्रेमकथामा आधारित फ्यामिली ड्रामा भनिएको छ। फिल्ममा आर्यन सिग्देल, स्वस्तिमा खड्का, सञ्चिता लुइँटेल, शिवहरि पौडेल, अखिलेश प्रधान, सञ्चिता लुइँटेल र अनुभव रेग्मीलगायतको अभिनय रहेको छ।

निर्देशक आचार्यले फिल्मको पटकथा सामीप्यराज तिमल्सेनासँगको सहकार्यमा तयार पारेका हुन्। फिल्ममा कविराज गहतराजको नृत्य, उदयराज सोताङ, राजनराज शिवाकोटी, वसन्त सापकोटा र प्रवीण पौडेलको संगीत, अर्जुन जीसीको सम्पादन छ। यसमा विशाल चाम्लिङ निर्माता छन् भने कार्यकारी निर्मात्री कविता रेग्मी हुन्।

ताजा अपडेट

खोजी गर्नुहोस