‘इन्शाअल्लाह’मा आलिया

  • अनलाइन केन्द्र
  • / मनोरञ्जन /
  • २०७६ भाद्र ४, बुधबार (५ साल अघि)
  • १४ पटक पढिएको
Post Thumbnail

भाद्र ४, काठमाडौं । अभिनेत्री आलिया भट्टसँग अहिले फिल्मको लाइन नै छ। अहिले उनी सडक-२ को सुटिङ गरिरहेकी छन्। यसको साथमा करण जोहरको ‘ब्रह्मास्त्र’ र ‘तख्त’ तथा सञ्जय लीला भन्सालीको ‘इन्शाअल्लाह’ पनि उनको पोल्टामा छ। इन्शाअल्लाहमा आलिया पहिलो पटक सलमान खानको अपोजिटमा देखिँदै छिन्।

हालै आलियाले यो फिल्म साइन गरेपछि खुसी व्यक्त गरेकी छन्। एक अन्तर्वार्तामा आलियाले यो फिल्म गर्न पाउँदा आफूलाई साह्रै खुसी लागेको प्रतिक्रिया दिएकी छन्। छिट्टै ‘इन्शाअल्लाह’को सुटिङ सुरु हुँदैछ।

आलिया सञ्जय लीला भन्साली, सलमान खान, रणवीर कपुर, अयान मुखर्जी, अमिताभ बच्चन र पिता महेश भट्टजस्ता स्टारसँग पहिलो पटक काम गर्दै छिन्।

ताजा अपडेट

खोजी गर्नुहोस