‘बादशाह जुट’ कार्तिक १ गते रिलिज हुने

  • अनलाइन केन्द्र
  • / मनोरञ्जन /
  • २०७६ भाद्र ४, बुधबार (५ साल अघि)
  • १४ पटक पढिएको
Post Thumbnail

भाद्र ४, काठमाडौं । सुशिल श्रेष्ठ स्टारर ‘बादशाह जुट’ सिनेमाले पोस्टर सार्वजनिक गर्दै नयाँ रिलिज मितिको घोषणा गरेको छ। घोषणा अनुसार सिनेमा कार्तिक १ गते रिलिज हुनेछ ।

गत वर्ष पुष १३ गते नै रिलिज हुने भनिएको सिनेमा विभिन्न कारणबस स्थगित भएको थियो ।

‘प्राविधिक काम सबै सकिएको छ । रिलिजको लागि तयार छौँ । कार्तिक १ को डेटमा आउन हामीलाई कुनै बाधा-अड्चनले रोक्दैन’, निर्देशक जोनी सिंह राणाले भने ।

सार्वजनिक पोस्टरमा शुशिल श्रेष्ठ र रोबिन तामाङ फिचरिङ छन् ।

निर्देशक राणाकै कथा रहेको सिनेमामा, आमिर गौतम, रोषी खड्का, केइषा रावत, रश्मि पाण्डे, दीपक क्षेत्री र कमलमणि नेपालको पनि अभिनय छ ।

ताजा अपडेट

खोजी गर्नुहोस